Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मन्त्री र ठेकेदारलाई लिएर सडक अनुगमनमा नेता नेपाल

काठमाडौं, साउन २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मन्त्री, प्रदेश सांसद, सचिव र ठेकेदारलाई लिएर सडक अनुगमनमा पुगेका छन् ।

नेता नेपाल बिहीबार चाबहिल–बौद्ध–साँखु–जोरपाटी सडकको अनुगमनमा पुगेका थिए । काठमाडौं क्षेत्र नम्बर २ का सांसद समेत रहेका नेता नेपाल प्रदेश सांसद रामेश्वर फुयाँल, यातायात मन्त्री रघुवीर महासेठसमेतलाई लिएर सडक निर्माणको अनुगमनमा पुगेका हुन् ।

निर्माण कार्य शुरु भएको लामो समय वितिसक्दा पनि निर्माण कार्य पूरा नभएपछि स्थानीयस्तरबाट अहिले व्यापक विरोध र गुनासो आएको छ । वर्षा शुरु भएसँगै सो सड्क खण्ड भएर यात्रा गर्ने यात्रुले ठूलो सास्ती भोग्नु परेको छ ।

उनले अनुगमनका क्रममा काममा ढिलाई गर्ने ठेकेदारमाथि कारबाही गर्ने चेतावनी पनि नेता नेपालले दएका छन् । १५ दिनपछि फेरि अनुगमनमा आउँदा सडकमा रहेको खाल्डाखुल्डी पुरिनुपर्ने उनको भनाइ छ । सँगै रहेका ठेकेदारले १५ दिनपछि सबै खाल्डाखुल्डी पुरिसक्ने प्रतिबद्धता जनाएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: