Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

इन्डोनेसियामा अर्को शक्तिशाली परकम्प, ज्यान गुमाउनेको सङ्ख्या ३१९ पुग्यो

इन्डोनेसिया, साउन २४। इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियामा यसै साता गएको यो तेस्रो शक्तिशाली भूकम्प हो ।

यो भूकम्प ५.९ म्याग्नीच्यूडको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । तर सुनामीको खतरा नरहेको इन्डोनेसियाली भौगर्भिक निकायले जानकारी दिएको छ ।

यसैबीच लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१९ पुगेको त्यहाँका सुरक्षा मन्त्री विरान्तोले जानकारी दिए ।

उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगत्तै मृतकको सङ्ख्या १६४ पुगेको यसअघि जानकारी दिइएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: