Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अर्थ मन्त्री डा. खतिवडा र ईन्जाबीच छलफल

वाशिंगटन डिसी, साउन २५ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडा र अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)बीच अन्तरक्रिया भएको छ । अन्तरक्रिया कार्यक्रम बिहीबार भएको हो । कार्यक्रम नेपाली राजदूतावासको सहकार्यमा गरिएको हो ।

कार्यक्रममा आफ्नो भ्रमणको उद्देश्यका बारेमा प्रकाश पार्दै अर्थ मन्त्री डा. खडिवडाले नेपाल सरकारको आर्थिक नितिका बारेमा सरोकारवालादातासंग अन्तरक्रिया गरी प्राथमिकताका कार्यक्रमहरू र आवस्यक सहयोगको जानकारी र अनुरोध गरेको बताए ।

डा. खतिवडाले अगाडीले नेपालको दिगो विकासका लागि सहकार्य र सहयोग गर्दै आएको विश्व वैंकका पदाधिकारीहरूलाई प्रस्तावित निति तथा कार्यक्रमहरूमा जानकारी गराईएकोसमेत बताए ।

साथै, नेपाल सरकारको आर्थिक कार्यक्रम अनुरूप तत्काल चालू आयोजनाका ठूला आयोजनाको निर्माणमा सहयोग गर्न विश्व बैंकलाई आग्रह गरिएको अर्थ मन्त्री खतिवडाले जानकारी दिए ।

तीन दिनसम्म चलेको नेपाल र विश्व बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री खतिवडाले आफ्नो नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाएको बताए ।

विश्व वैंकसंग बुधवार सम्पन्न भएको बैठकबाट नेपालको लगानी सम्बन्धी ढाँचा पारित गर्ने र नेपाल र नेपालीका लागि सहयोग प्राप्त हुने अपेक्षा गरिएको अर्थमन्त्री खतिवडाले बताए ।

कार्यक्रममा ईन्जाका प्रमुख संरक्षक रामचन्द्र खरेलले अर्थ मन्त्री डा. खतिवडालाई स्वागत गर्दै नेपाल र नेपाली जनताको हितमा ईन्जाले सधैं सहयोग गर्ने प्रतिवद्धता जनाए । ईन्जाका सल्लाकार हरि अधिकारले नेपाल सरकारले जनताको जीवनस्तर उकास्नका लागि अपनाउनुपर्ने आधारभूत आर्थिक नीतिका वारेमा सुझाव पेश गरेका थिए ।

ईन्जाका अध्यक्ष गुणराज लुईटेलले संस्थाको परिचय दिंदै विश्व भरी छरिएका नेपाली संचारकर्मी लगायत सरोकारवाला संघ संस्थाहरूलाई आवस्यक सहयोग प्रदान गर्न पॉचै महासागरिय नेटवर्किंगको काम सम्पन्न भएको जानकारी गराए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: