Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मन्त्री बिना समक्ष योजनाका चाँङ

कञ्चनपुर, साउन २५ । खानेपानी मन्त्री बिना मगर समक्ष स्थानीयले समस्या र योजनाका चाँङ पेश गरेका छन् । बेल्डाँडी, बेलौरी, पुनर्वास, लालझाँडी सहित ७ नम्बर प्रदेशका विभिन्न जिल्लाका स्थानीयले मन्त्री समक्ष विभिन्न योजनाको माग अघि सारेका थिए ।

बिहीबार साँझ पुनर्वासमा स्थानीय एव कार्यकर्तासँग भेटघाटका क्रममा स्थानीयले कञ्चनपुर लगायत समग्र ७ नम्बर प्रदेशको विकासमा जोडदिएका थिए ।

सीमा समस्या, हुलाकी राजमार्ग, बेरोजगारी, बेलौरी भन्सारको स्तरबृद्धि, दैजी बेल्डाँडी, बेलौरी कलुवापुर, विद्युतको काउण्टर विस्तार, विभिन्न क्याम्पस, विद्यालयको भौतिक संरचना सुधार, सडक, खानेपानीका योजना सम्पन्न गरिदिन स्थानीयले माग गरेको नेकपा कञ्चनपुरका नेता बीरबहादुर थापा (पातल) ले बताए । उनका अनुसार मन्त्री बिना समक्ष दर्जनौँ योजनाको माग गरिएका छन् ।

समस्या योजना लिदै मन्त्री मगरले ७ नम्बर प्रदेशकै विकासका लागि गम्भीर भएको बताउदै विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरिन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: