स्वच्छ खानेपानीमा सहज पहुँचको सुनिश्चितता गछौं : मन्त्री मगर

पोखरा, साउन २६ । खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले आम नागरिकलाई स्वच्छ खानेपानीमा सहज पहुँचको लागि आफूले दीर्घकालीन योजना बनाई काम गरिरहेको बताइएकी छन् ।

शनिबार कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ सेतीमर्दी दोभानमा पोखरा महानगर पालिका, नेपाल खानेपानी संस्थान पोखरा र पोखरा उद्योग बाणिज्य संघले संयुक्त रुपमा आयोजना गरेको शवदाह गृह हस्तान्तरण तथा बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै भनिन्, ‘स्वचछ खानेपानीमा पहुँचको सुनिश्चिततासहित कार्यक्रम अगाडि बढाएका छौं ।’

स्वस्थ र स्वच्छ खानेपानी जनताको मौलिक अधिकारमा अहिलेको संविधानमा उल्लेख छ । खानेपानी मन्त्रालय जनताको मौलिकअधिकार कार्यान्वयन गर्ने हेतुसहित दीर्घकालीन कार्ययोजना बनाएर अगाडि बढीरहेको मन्त्री मगरले स्पष्ट पारिन ।

‘भर्खरै जापान सरकारको सहयोगमा जाइकाले ट्रिटमेन्ट प्लाण्ट आयोजना बनाउनेदेखि अन्य कार्यक्रमका बारेमा छलफल भइरहेको छ ।’, मन्त्री मगरले भनिन्, ‘जाइकाले बनाउन ट्रिटमेन्ट प्लाण्टले मात्रै पोखरावासीको खानेपानीको समस्या समाधन हुँदैन । त्यही भएर हामीले अन्य आयोजनाका लागि पनि छलफल र तयारी गरिरहेका छौं ।’

खानेपानी मन्त्रालयल भोलिका दिनमा पोखरावासीलाई स्वच्छ खानेपानीको ग्यारेण्टीसहित दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता पनि सो अवसरमा मन्त्री मगरले व्यक्त गरिन ।

पोखरा महानगर, खानेपानी संस्थान र पोखरा उद्योग बाणिज्य संघको शवदाह निर्माण कार्यको प्रंशासा गर्दै मन्त्री मगरले भनिन, ‘महानगरपालिका, खानेपानी संस्था र उद्योग बाणिज्य संघको सहकार्यमा जुन नवीन काम भयो, यो नवीन कार्य सम्पन्न गर्न सम्पूर्ण टीमलाई म विशेष धन्यवाद दिन चाहान्छु । नदीमा शवदाह गर्ने र उही नदीको पानी खाने पर्ने समस्याबाट केही हदसम्म पोखरा वासीले अब राहत पाउनुहुने छ ।’

हामीले मौलिक अधिकारको रुपमा स्वच्छ र स्वस्थ खानेपानीको विषय उठाइरहँदा निकै ठूलो चुनौति देखिएका छन तर आफू ती चुनौतिलाई पार गर्दै आम नागरिकलाई स्वच्छ खानेपानीमा सहच पहुँच पुर्याउने कर्तव्यबाट पछि नहट्ने उनले बताइन ।

कमेन्ट गर्नुहोस्