Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘जय शम्भु’को टिम प्रचारप्रसारको लागि देश दौडाहामा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जय शम्भु’ टिम फिल्मको प्रचार प्रसारको लागि मोफसल यात्रामा हिँडेको छ । फिल्म युनिटले शुक्रवार बेलुका पोखराको सबै रात्रिकालिन होटलहरुमा आफ्ना शुभचिन्तक तथा दर्शकहरुलाई फिल्मको वारेमा जानकारी गराएका छन् भने फिल्म युनिटले शनिबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

सो अवसरमा टिमले फिल्म जय शम्भुको बारेमा जानकारी दिएका हुन् । एक्शन लभस्टोरी भनिएको फिल्मका वारेमा कलाकारहरु प्रशान्त ताम्राकार, अनुपविक्रम शाही लगायतले जानकारी दिएका थिए ।

नायिका बर्षा शिवाकोटी भने मौसम खराबका कारण पोखराको उडान हुन नसकेपछि काठमाडौंमै रोकिइन । पोखराबाट जय शम्भू टिम बुटवल प्रस्थान गरेको छ । बुटवलमा नायिका बर्षा शिवाकोटी पनि उपस्थित हुनेछिन् । शनिबार बेलुका बुटवलका विभिन्न होटल तथा लजहरुमा गई फिल्मको बारेमा जानकारी गराउने कार्यक्रम रहेका एक सदस्यले बताए ।

फिल्म युनिट त्यहाँबाट चितवन र हेटौंडा तर्फ लाग्नेछन् । चितवन र हेटौंडाको कार्यक्रम सकाएर फिल्म युनिट २८ गते सोमबार काठमाडौं फर्कनेछन् ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको, अरविन्द्रमान शाक्य निर्माता र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको जय शम्भु आगामी भदौं १ बाट रिलिज हुँदै छ ।

फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । सह निर्माताहरु कुशल शर्मा र शिक्षा काफ्ले रहेको फिल्ममा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ।

फिल्ममा प्रशान्त, अनुप र बर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु राना आदीको मूख्य भुमिका रहेको छ । फिल्मलाई राजधानीमा बिके फिल्मका गोपाल काजी कायस्थ र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: