Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अन्तराष्ट्रीय नेपाली कलाकार समाज (ईनास) रसअल खेमाको अध्यक्षमा पुन निर्वाचित

युएई । अन्तराष्ट्रीय नेपाली कलाकार समाज, युएई (ईनास) क्षेत्रीय समिती रसअल खेमाको अध्यक्षमा नीलम पुन निर्वाचित भएका छन् । 

शुक्रबार १० तारिक सम्पन्न अधिबेशनले पुनको नेतृत्वमा २१ सदस्यीय समिती चयन गरेको छ । समितीको बरिष्ठ उपाध्यक्षमा संकल्प चन्द, प्रथम उपाध्यक्षमा प्रकाश सुबेदी र द्वितीय उपाध्यक्षमा अमर सिंह खत्री रहेका छन् । महासचीबमा सुरज खत्री, सचीबमा दिल बडुवाल, कोषाध्यक्षमा शोभा परियार र सहकोषाध्यक्षमा प्रतिक्षा शर्मा रहेका छन् । 

सदस्यहरुमा भक्त तुम्बाहाम्फे लिम्बु, प्रदीप लिम्बु, मनिष जीएम, प्रबिण गुरुंग, सुबास घिसिंग, माया नेपाली, रबिन केसी, संगिता मगर, अनिता घलान, रेशम मल्ल, रंजिता बिक, सपना राई र दिपक गिरी रहेका छन् । 

अधिबेशनले जनार्दन सुबेदी, सन्तोष अधिकारी, गणेश शाहीलाई संरक्षकमा चयन गरेको छ । त्यसैगरी सल्लाहकारमा जिएन शर्मा, दिपक बिष्ट, धन बहादुर चन्द, राजेन्द्र रोस्यारा, गुन्ज बस्नेत र ईन्द्रराज पौडेल रहेका छन् । 

एनआरएन युएईको पुर्ब महासचीब सन्तोष प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पत्रकार महासँघ युएईका सचिब मेघराज सापकोटा, इनास महासचीब राम तामाँगको बिशेष अतिथ्यता रहेको थियो । त्यसैगरी दैलेख सेवा समाजका अध्यक्ष धन बहादुर चन्द, गणेश शाही, नेपाली जनप्रगतिशील मंच राकका अध्यक्ष दीपक बिष्ट, एनआरएन राकका अध्यक्ष जनार्दन सुबेदी, अर्घाखाँची सम्पर्क समिती राकका गुन्ज बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम ईनास राकका निबर्तमान अध्यक्ष केबिन जंग शाहीको सभापतित्वमा सम्पन्न भएको थियो । 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: