Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अमेरिकामा कर्मचारीले ७६ सिटे विमान चोरेपछि…

अमेरिका, साउन २६ । अमेरिकाको सिएटल–टाकोमा अन्र्राष्ट्रिय विमानस्थलका कर्मचारीले शनिवार एउटा ७६ सिटे विमान चोरेर ५० किलो मिटर टाढा टापुमा दर्घटना गराएका छन् ।

विमानस्थल कार्यालयका अनुसार कर्मचारीले अलास्का एयरलाइन्सको ७६ सिटे विमान अवतरण भइ सबै यात्रु झारेपछि चोरेका थिए । अधिकारीहरुका अनुसार विमान चोरी भएको त्यतिबेला थाहा भयो जब पायलट ने बिना अनुमति फ्लाइट टेक–अफ गरे ।

पियर्स काउण्टी शेरिफका अनुसार, ‘यो कुनै आतंकी घटना होइन । कर्मचारीले विमान शायद मज्जाका लागि उडाएका थिए तर उनी विमानलाई नियन्त्रण गर्न असफल भएर दुर्घटना भयो ।’ अधिकारीहरुका अनुसार कुनै पनि आतंककारीले विमान एयरपोर्टबाट लगेर समुद्रमाथि उडाउदैन ।

विमान चोरी गर्ने कर्मचारीको नाम गोप्य राखिएको छ । तर उनको उमेर २९ वर्ष भएको बताइएको छ । अधिकारीहरुले दुर्घटनामा उनको मृत्यु भएको अनुमान गरेका छन् । भाष्करडटकमबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: