Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ट्रम्पले गरे ‘सबै प्रकारका जातिवाद’ को निन्दा

वासिङ्टन, साउन २७ । अमेरिकाको भर्जिनियास्थित चारलोटीभिल्लामा नव-नाजीहरूको हिंसात्मक प्रदर्शन भएको ठीक एक बर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफू सवै किसिमको जातिवादको विरोधी भएको बताएका छन् ।

चारलोटीभिल्लाको हुलदङ्गामा एक बर्ष पहिले अनाहकमा मृत्युको शिकार हुनु परेको र अमेरिकीहरूबीच विभाजन ल्यायो, राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देशमा उल्लेख गर्नुभएको छ ।
ट्रम्पले भने, “हामीहरूबीच राष्ट्रका लागि एकताको खाँचो छ । अमेरिकीहरूको शान्तिका लागि म सबै प्रकारका जातिवाद र हिंसात्मक गतिविधिको निन्दा गर्न चाहन्छु ।”

गत बर्षको आन्दोलन आजकै दिन (अगस्ट ११) बाट सुरु भएको थियो । अमेरिकी नव-नाजीहरूले काँधमा राइफल बोकेर श्वेतहरूको राष्ट्रियताका लागि नारा घन्काएर दक्षिणी अमेरिकामा नागरिक अधिकारको आन्दोलनपूर्व भएको जातीवादको स्मरण गर्दै आन्दोलन गरेका थिए । जसमा एक महिलाको मृत्यु भएको थियो भने १९ जना सख्त घाइते बनेका थिए । ट्रम्पले उक्त आन्दोलनमा नव-नाजी तथा फाँसीवाद विरोधी दुवै समूहको कमजोरी रहेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: