सीपीएलः सन्दिपको बलिङ शानदार, एक रन नदिएरै विकेट लगे [LIVE]

काठमाडौं, साउन २७ । वेष्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत अहिले नेपाली लेग स्पिनर सन्दिप लामिछाने आवद्ध एसटी किट्स एन्ड नेभिस प्याट्रियोट्स र ट्रिनबागो नाइड राइड्रसबीच भइरहेको छ ।

क्रीस गेल कप्तान रहेको प्याट्रियोट्सको यो दोस्रो खेल हो । गएको बिहिबार उसले पहिलो खेल गुयाना अमेजन वारीवर्ससँग खेलेको थियो । जसमा ६ विकेटले प्याट्रियोट्स पराजित भएको थियो । आज उसले टस हारेर पहिलो ब्याटिङ गर्ने निम्तो पाएको छ । निर्धारित २० ओभरमा उसले सात विकेटको क्षतीमा २०३ रन बनाएको छ । २०४ रनको विजयी लक्ष्यसहित मैदान उत्रेको नाइड राइड्रसको सुरुवाती प्रदर्शन खराब रहेको छ ।

लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नुस्

उसले ६ ओभरको खेलमा ३ महत्वपूर्ण विकेट गुमाउँदै ५२ रन बनाएको छ । यसैबीच आज पनि नेपाली लेग स्पिनर सन्दिपको बलिङ शानदार रहेको छ । उनले आफ्नो पहिलो ओभरमा एक रन पनि नदिइ महत्वपूर्ण एक विकेट लिन सफल भएका छन् । उनले क्रीस लिनको विकेट लिएका हुन् । बिहिबार भएको खेलमा पनि उनले महत्वपूर्ण २ विकेट लिएका थिए । यद्यपी त्यो दिन उनको टिमले जित्न सकेन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: