Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आयुष्मान र प्रियंकाको रोमान्टिक गीत ‘मैच्याङ’ सार्वजनिक [भिडियो]

काठमाडौं, साउन २७ । नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय रहेको गीत ‘मैच्याङ’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर, दीपक भट्टराईको संगीत र होम न्यौपानेको शब्द छ ।

गीतमा गोपाल रसाइलीको एरेञ्ज र प्रकाश केसीको मिक्स÷मास्टरिङ छ । डान्सिङ नम्बरको गीतमा आयुष्मान र प्रियंकाको जोडीले दिल खोलेर नाँचेका छन् । गीतलाई गायक गुरागाईँकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन छ । गीतकार न्यौपानेले गीतमा मैच्याङ बनेकी प्रियंकालाई फकाउन आयुष्मानले गरेको आग्रहलाई समेटिएको बताए । भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्

%d bloggers like this: