Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नोबेल पुरस्कार विजेता भिएस नायपालको निधन

काठमाडौं, साउन २७ । नोबेल पुरस्कार विजेता लेखक भिएस नायपालको निधन भएको छ। उनको लण्डनस्थित निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो । सन् २००१ मा साहित्यतर्फ नोबेल पुरस्कार विजेता नायपालले ३० भन्दा बढी पुस्तकहरू प्रकाशनमा ल्याएका छन्।

उनका ‘द बेन्ड इन द रिभर’, ‘अ हाउस फर मिस्टर विश्वास’ विश्व चर्चित कृति हुन्। नायपालले सन् १९७१ मा बुकर प्राइज पाएका थिए। त्रिनिडाडमा सन् १९३२ मा जन्मिएका उनले अक्सफोर्ड युनिभर्सिटीमा अध्ययन गरेका थिए। -बीबीसी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: