Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लैंगिक विभेदकाे अन्त्य हुनैपर्छ : मेयर गिरी

काठमाडौं, साउन २७ । युथ अलार्म नेपालले एकदिने लैङ्गिक विकास तालिम सम्पन्न गरेको छ ।

युथ अलार्म नेपालले महिलाहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले चन्द्रागिरि नगरपालिका ८ मातातीर्थमा एकदिने लैङ्गिक विकास तालिम सम्पन्न गरेको हो।

कार्यक्रममा चन्द्रागिरि–८ का विभिन्न आमा समूहको अगुवा महिला तथा स्वयम् सेविकाहरु गरी करिब ४० जना महिलाहरुलाई एकदिने लैङ्गिक विकास तालिम प्रदान गरिएको हो ।

कार्यक्रमको उद्घाटनमा वोल्दै चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले जबसम्म अशिक्षितलाई शिक्षित बनाईदैन र शिक्षितको मानसिकता बदलिदैन तबसम्म महिलाका नाममा हुने बिभेद र हिंसा अन्त्यको कल्पना गर्न नसकिने वताए ।

मेयर गिरीले भने, ‘सबाल पुरातनवादी समाजको निरन्तरता वा समतामुलक समाज बनाउने भन्ने हो । महिलाको नाममा हुने विभेदमा अशिक्षा, अभाब र मानसिकताले प्रश्रय दिएको स्पष्ट देखिन्छ । राज्यको मानसिकता, पुरुषको मानसिकता र स्वयं महिलाको मानसिकताले विभेदलाई मलजल गरेको छ । सबै मिलेर महिला र पुरूष माथी हुने विभेदलाई अन्त्य गर्ने सबै जागरुक बन्नुपर्छ, अनिमात्र समृद्ध नगरको परिकल्पना गर्न सकिन्छ ।’

कार्यक्रममा युथ अलार्म नेपालका अध्यक्ष सञ्जीवकुमार थापाले समाज रूपान्तरणको पाटोमा महिला पुरूषको समान दायित्व हुने हुँदा लैङ्गिक बिभेदलाई समाजवाट चिर्न सके देश समुन्नतितर्फ लम्कने बताए ।

सहभागीलाई संस्थाका अध्यक्ष सन्जीवकुमार थापा तथा सचिव उमेश सेढाईले तालिम प्रदान गरेको थिए । तालिममा सहभागीले उक्त तालिम सारै उपयोगी, प्रभावकारी र नवीन विषयमा भएको बताएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: