Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मण्डला ब्याडमिन्टन प्रतियोगिता सुरू

काठमाडौं । प्रथम मण्डला ब्याडमिन्टन खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता आइतबारबाट सुरू भएको छ ।

मित्रता तथा सहिष्णुताको लागि खेलकुद भने नाराका साथ प्रथम मण्डला ब्याडमिन्टन खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता उद्घाटन चन्द्रागिरिका मेयर घनश्याम गिरी र कीर्तिपुरका मेयरले रमेश महर्जनले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै चन्द्रागिरिका मेयर घनश्याम गिरीले मानव स्वास्थ्यका लागि खेलकुद अनिवार्य आवश्यकता भएको भन्दै नगरलाई खेलकुद मैत्री वातावरण तयार पार्न नगरपालिका सुरूदेखि लागि रहेको चर्चा गरे । उनले छिटोभन्दा छिटो खेलकुदबाट नगरको नाम अझ राष्ट्रसामु चिनाउन थप गृहकार्य रहेको औल्याए ।

कार्यक्रममा बोल्दै कीर्तिपुरका मेयर महर्जनले दुई नगरबीचको सहकार्यमा खेलकुद, स्वास्थ पर्यटन सबै किसिमका सेवाहरूलाई दुई नगरबीच समन्वयात्मक भूमिकामा अगाडि बढ्नुपर्न वताए । उनले दुई नगरबीच विभिन्न खेलकुदका माध्यमबाट मैत्रीपूर्ण भावना निर्माणमा अघि बढ्नुपर्ने धारणा राखे ।

नगर स्तरीय खुला प्रतियोगितामा विभिन्न नगरपालिकाहरूको लगभग ८० समूहको सहभागिता रहेको मण्डला ब्याडमिन्टन समूहका अध्यक्ष देवेन्द्र प्रधानले बताए ।

सस्थाका अध्यक्ष प्रधानका अनुसार खुला ब्याडमिन्टन प्रतियोगिता प्रथम हुने जोडीले प्रमाण पत्र, ट्रफीको साथमा नगद २५ हजार रुपैयाँ, खुला दोस्रो हुने जोडीले प्रमाण पत्र, ट्रफीको साथमा नगद १५ हजार रुपैयाँ, खुला तृतीय हुने जोडीले प्रमाण पत्र, ट्रफीको साथमा नगद १० हजार रुपैयाँ नगदसहित पत्र र ट्रफी हात पार्ने छन् भने भेट्रान्स ब्याडमिन्टन (४५ सोभन्दा माथि उमेर समूहका चन्द्रागिरिका मात्र (प्रथम जोडीले प्रमाण पत्र, ट्रफीको साथमा नगद १५ हजार रुपैयाँ द्वितीय हुनेले १० हजार र तृतीय हुनेले १० हजारसहित प्रमाण पत्र, ट्रफीपाउने छन् भने उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ नगद राशी पुरस्कार पाउने आयोजकले बताएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: