Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जीपको ठक्करले एकको मृत्यु

पाल्पा, साउन २७ । पाल्पाको सदरमुकाम तानसेनको बडीज्ञानटोमा जीपले ठक्कर दिँदा एक जना शिशुको मृत्यु भएको छ ।

हुलाकचोकतिरबाट आन्दोलनचोकतिर जाँदै गरेको ग १ च ६७४८ नम्बरको जीपको ठक्करले बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महीनाका निशान बस्यालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जीपको ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएकोले उक्त दुर्घटना भएको हो ।

जीपको ठक्करबाट अन्य पाँच जना समेत घाइते भएको र तिनको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रसनि अनुप अर्यालले जानकारी दिए ।

जीपको ब्रेक फेल हुँदा रोकिराखेका पाँच मोटरसाइकलमा समेत क्षति पुगेको छ । गाडी चालक रैनादेवी छहरा–४ का कमल खत्रीलाई प्रहरीले नियन्त्रण लिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: