Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सर्लाही प्रवासी सेवा समाज कतारको अध्यक्षमा पेम्वा घलान

दोहा, साउन २७ । सर्लाही प्रवासी सेवा समाज कतारको ९ औं अधिवेशन भव्यताका साथ सफल सम्पन्न भएको छ । गएकाे शुक्रबार (अगस्त १०) मा दोहाको नज्मास्थित अल नख्यान रेस्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष पेम्बा घलानको सभापतित्व कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक मो हुसेन खान थिए।

गएकाे शुक्रबार (अगस्त १०) कार्यक्रममा बोल्दै प्रमुख अतिथि मो हुसेन खानले सर्लाही जिल्ला एउटा छुटटै पहिचान बनाएको जिल्ला भएको बताए । कतारबाट पनि सर्लाही प्रवासी सेवा समाजले नेपालमा भैपरी आउने समस्या, बाढिपहिरो, आगालागी, शिक्षा, स्वास्थ्यलगायत विभिन्न सहयोग गर्दै आएको छ।

कतारमा समाज सेवामा साथ दिने सम्पूर्ण सामाजिक संघ संस्थालाई हार्दिक धन्यवाद दिए।

कार्यक्रममा प्रदेश न १ का सबै जिल्लाको प्रतिनिधित्व गर्दै नियम भुजेल (मोरङ्ग सुनसरी सेवा समाज), प्रदेश नं ३ नन्द ढुंगाना (काभ्रे सेवा समाज) प्रदेश नं ४ रामजी खत्री (गोरखा सेवा समाज) प्रदेश नं ५ टेकराज थापा (अर्घाखाँची सेवा समाज) एनआरएनए एनसीसी कतारका अध्यक्ष नविन पोखरेल, पत्रकार महासंघ कतार शाखा निवर्तमान अध्यक्ष गणेशप्रसाद बन्जाडे, समाज सेबीक्रान्ति सिंह, अन्तर्राष्ट्रिय मुस्लिम समाज,कतारका अध्यक्ष मो मुकतदा मुसलमानले कार्यक्रम मन्तव्य राखेका थिए ।

त्यसैगरी, नेपाली प्रवासी मञ्च कतारका अध्यक्ष चानक पोखरेल, जनसम्पर्क समिति कतारका कार्यवाहक महामन्त्री केदार नाथ भुसाल, कतार नेपाली एकता समाजका केन्द्रीय कोषध्यक्ष धनबहादुर परियार, जनप्रगतिसिल मंच, कतारका संयोजक रकम ध्वज राई, समाजसेवी सुदर्शन भट्ट, एनआरएनआइ सीसी सदस्य बिमल सुवेदी, नेपाल आदिवासी जनजाति महासंघ कतारका द्दितिय उपाध्यक्ष पुरुषोत्तम सुनुवार कार्यक्रमको शुभकामना मन्तव्य राखेका थिए।

अधिवेशनमा कार्य प्रतिवेदन रामइन्दल थिङ्गले प्रस्तुत गरेका थिए । समाजले विभिन्न समयमा एचआईभी संक्रमित बालबालिका शिक्षाको लागि बेबी लाइफ होममा आर्थिक सहयोग सञ्चालन गरेको थिए ।

त्यस्तै कतारमा अलपत्र परेका सर्लाहीका भाग्य नारायण र हरि दासलाई स्वदेश फिर्ताको लागि हवाई टिकट, क्यानसर पीडित कान्छीमाया तामाङ्गलाई आर्थिक सहयोग, जिल्लावासी बाढी पीडित ४० घर परिवारलाई भाडाकुडा, सर्पदंश अस्पताल निमार्णका लागि आर्थिक सहयोग ब्लड क्यान्सर लालमाया ब्लोनलाई आर्थिक सहयोग गरेको थिङ्गले जानकारी गराएका थिए ।

अधिवेशनमा विभिन्न विधामा सहयोग गर्ने सस्थाका एक दर्जनौं भन्दा बढीलाई खादा ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो । कलाकार सुस्मा लामा डाफे झैँ नाच्ने हिमाल झैँ हास्ने, अन्जान लामा माछीले खाने खोलीको लेऊ तथा अन्य कलाकारले पनि आफ्नो सांगीतिक नृत्य प्रस्तुत गरेका थिए ।

राम इन्दल थिङ्गको संयोजकत्वमा हुसेन खान र श्यामलाल चौधारी सदस्य रहेको निर्वाचन टोलीले पेम्वा घलानको अध्यक्षतामा निर्बिरोध १९ कार्यसमिति गठन गरेको छ । जसमा १५ पूर्ण १ वैकल्पिक १ संरक्षक १ प्रमुख सल्लाहकार २ सल्लाहकार गरी १९ जनाको कार्यसमिति चयन गरिएको छ ।

प्रथम उपाध्यक्ष कुमार न्यौपाने, द्वितीय उपाध्यक्ष बुद्धि श्रेष्ठ, महासचिव सुजन बराल, सचिव पूर्ण बहादुर महत, कोषध्यक्ष भिम बम्जन, सदस्यहरुमा भेषबहादुर घिसिङ्ग, ज्ञानबहादुर बम्जन, निर्मल घिसिङ्ग , पदमबहादुर बल, धनबहादुर मोक्तान, देबेन्द्र पाख्रिन, शंकर कार्की, बैकल्पीक सदस्य ओकबहादुर भुजेल , संरक्षक रामइन्दल थिङ्ग, प्रमुख सल्लाकार श्यामलाल चौधरी सल्लाहकारहरु होमबहादुर स्याङबो, हरिलाल महतो रहेका छन् । कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रमका सभाअध्यक्षले कार्यक्रम समापन गरेका थिए।

उद्घाटन समारोहलाई सुजन बरालले सहजिकरण गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: