Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रोनाल्डोको डेब्यु खेल आधामै रोकियो !

काठमाडौं, साउन २८ । पोर्चुगलका स्टार फुटबलर रोनाल्डोले इटालियन क्लब युभेन्टसबाट डेब्यू गरेका छन्। उनले मैत्रीपूर्ण खेलमा युभेन्टसबाट डेब्यु गरेका हुन्। रोनाल्डोले युभेन्टसबाट प्रतिस्पर्धामा डेब्यु गर्न भने बाँकी नै छ । उनले आइतबार साँझ भएको युभेन्टस ए र युभेन्टस बी बिचको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका हुन् ।

नयाँ सिजन सुरू हुनुअघि हरेक वर्ष युभेन्टस ए र बी ले मैत्रीपूर्ण खेल खेल्ने गरेको छन्। युभेन्टसबाट रोनाल्डो खेल्ने भएपछि भिलार पेरोसामा युभेन्टस हजारौ समर्थकको ओइरो लागेको थियो।

मेत्रीपूर्ण खेलको सातौ मिनेटमा रोनाल्डोले गोल गर्दै खेलमा अग्रता दिलाए। युभेन्टस ए ५-० ले विजयी भयो। तर युभेन्टसका समर्थकले रोनाल्डोलाई मैदानमै घेरेपछि खेल ७२ मिनेटमै रोक्नु परेको थियो।

सन् १९५५ देखि हुँदै आएको मैत्रीपूर्ण खेलकै बेला समर्थक मैदानमा दौडिने परम्परा रहेको छ।  आइतबारको खेल हेर्नका लागि भिलार पेरोसा पुग्ने अधिकांशले रोनाल्डोको जर्सी लगाएका थिए। दर्शकहरूले मैदानमै पुगेर रोनाल्डोसहित युभेन्टसका खेलाडीलाई घेरे। रोनाल्डोसँग तस्वीर खिचे। मैदानमा अधिकांश दर्शकले रोनाल्डोलाई घेरेपछि खेल रोक्नु परेको हो।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: