Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जिप दुर्घटनामा २ जनाको मृत्यु

पाल्पा, साउन २८ । जिल्लाको तानसेन नगरपालिका ४ बडिज्ञानटोलमा आइतबार भएको बलेरो जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । उपचारको क्रममा हिजो बिहान तानसेन नगरपालिका ६ बतुङकी ४८ वर्षीय कमला पाण्डेको युनाइटेड मिशन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बगनासकाली गाउँपालिका ३ का ९ महिनाको निसान बस्यालको उपचारको क्रममा आइतबार नै ज्यान गएको थियो । ग १ च ६७४८ नम्बरको रोकिराखेको पिकअप जीप घिस्रिएर दुर्घटना हुँदा घाइते भएका बगनासकालि गाउँपालिका ३ की २६ वर्षीय लक्ष्मी बस्याल, उनका ५ वर्षीय छोरा नविन बस्याल र नवलपरासी सुनवल नगरपालिका २ प्रगतिटोलका ५१ वर्षीय रामजी चौघारीको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ । ठक्कर दिने जीप र चालक कमल खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: