Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

गर्भावस्थाका दौरान एक चीज खाए बच्चा बन्नेछ स्मार्ट र बुद्धिमान !

गर्भावस्थाका दौरान महिलाले जति धेरै फलफूल खान्छन् उनीबाट जन्मिने बच्चा त्यति नै चलाख र बुद्धिमान हुने पछिल्लो एक अध्ययनले बताएको छ । उन बच्चाको आइक्यूस्तर पनि बढी हुने अध्ययनले दावी गरेको छ ।

अध्ययनका अनुसार यदि महिलाले औसतमा दैनिक छ या सात पटक फलफूल या फलफूलको जुस खानिन्छन भने त्यस्ता महिलाबाट जन्मिएका बच्चाको एक वर्षको उमेरमा आईक्यू हुनुपर्ने भन्दा ६ देखि ७ प्रतिशतले बढी हुने अध्ययनले बताएको छ ।

क्यानाडाको अलबर्टा विश्वविद्यालयको मुख्य शोधकर्ता पीयूष मंधानेले भने, ‘हामीहरुले यो पायौं कि संज्ञानात्मक विकास (संकेतिक विकास) काबारेमा सबभन्दा ठूलो खुलासा भएको छ कि गर्भावस्थाका दौरान बच्चाको आमाले कति फलफूल खाइन । जति धेरै फलफूल खान्छिन त्यति नै धेरै उनको बच्चाका संज्ञानात्मक विकास बढी हुन्छ ।

सर्वेका क्रममा उनीहरुले ६८८ बच्चाका गतिविधिलाई अध्ययन गरेका थिए । यी तथ्यांकबाट के कुरा पत्ता लागयो भने जुन आमाले गर्भावस्थाका दौरान धेरै फलफूल खान्छिन उनको बच्चा एक वर्षको उमेरमा विकासात्मक परीक्षणमा औधी राम्रो प्रदर्शन गरेका थिए ।

मंधाने भन्छन् हामीले पहिलेदेखि गर्भाशयमा बच्चा जति बढी समयसम्म रहन्छ उसको विकास उत्तिनै बढी हुन्छ । साथै आमाले दैनिक खाने फलफूलका मात्रालाई बढाइन भने गर्भमा रहेको बच्चालाई पनि अधिक फाइदा हुन्छ । बच्चा गर्भमा एक साता बढी रहँदा जति फाइदा हुन्छ त्यति नै बढी फाइदा आमाले फलफूलको मात्रा बढाउदा हुने पनि अध्ययनल बताएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: