Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रेसरकुकर बम राख्ने दुर्इजना पक्राउ

काठमाडौ, साउन २९ । राजधानीको चन्द्रागिरि नगरपालिकाका दुई स्थानमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले निस्कृय गरेको छ ।

चन्द्रागिरि नगरपालिकाको वाड भञ्ज्याङ्ग–२ महाशक्ति पेट्रोल पम्प र सतुङ्गलको सिप्रदी नजिकै भेटिएको प्रेसर कुकर बम नेपाली सेनाले निस्कृय गरेको हो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बन्द आह्वान गरेको दिन बिहानैदेखि उपत्यकाका विभिन्न स्थानमा भेटिएको बमले सर्वसाधारण त्रसित बनाएको हो ।

अज्ञात समूहले मानिसहरुको पातलो उपस्थिति रहेको र सुनसान क्षेत्रमा शंकास्पद वस्तु राखेका अज्ञात हुन ।

उपत्यकामा भेटिएका सबै स्थानका बम निष्क्रिय पारिएको छ । ‘

कतिपय स्थानमा प्लास्टिकको झोलामा खतरा लेखिएको वस्तु देखिएकोमा ती सबै डिस्पोज भइसकेको छ’, महानगरीय प्रहरी परिसरका विश्व पोखरेल बताए ।

नेपाली सेनाको टोलीले सुन्दरीजल नयाँ पाटीमा राखिएको बम पनि निस्कृय गरेको प्रहरीले बताएको छ। पोखरेलका अनुसार, ‘त्रास देखाउने प्रयासमात्र देखिएको छ । डराउनुपर्ने स्थिति छैन ।’ उनले राजधानीको शान्ति, सुरक्षा मजबुत बनाइएको बताउँदै व्यापक प्रहरी परिचालित भएको पनि बताए ।

प्रहरीले शंकास्पद वस्तु राख्दै हिँड्ने ‘विप्लव’ समूहका दुई जनालाई पक्राउ गरेको छ । जमलमा प्रेसर कुकर बमसहित दुईलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: