Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

४ हजार किलो सुन तस्करी भएको गृहमन्त्रीको खुलासा

काठमाडौं, साउन २९ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षमा मात्रै करीब चार हजार किलो सुन तस्करी भएको बताएका छन् । संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा मंगलबार गृहमन्त्री थापाले यस्तो जानकारी दिएका हुन ।

बैठकमा गृहमन्त्री थापाले पछिल्लो समय नेपालमा मुख्यरुममा दुबई हुँदै सुन तस्करी हुने गरेको बताए । ३३ किलो सुन तस्करीका लागि गठित छानबीन विशेष समितिले सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानबीनको दायरामा ल्याएको उनले दाबी गरे ।

गृहमन्त्री थापाले सरकारले संघीयता अनुसार प्रहरीको संरचना गर्ने कामलाई तीब्रता दिएका जानकारी दिए । विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको दावी पनि गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: