Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विद्यालयको खानेपानी ट्यांकीमा विष !

लेटाङ, साउन २९ । मोरङको एक विद्यालयमा रहेको खानेपानी खादा २० जना विद्यार्थी विरामी परेका छन् ।

मोरङको लेटाङ नगरपालिकास्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात व्यक्तिले विषादी हाली दिएपछि सो पानी खाँदा विद्यार्थी बिरामी परेको बताइएको छ ।

बिरामीमध्ये १८ जनाको मंगलबारेस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जाँतेस्थित प्रहरी कार्यालयका असइ हरिनारायण राजबंशीले जानकारी दिए । बाँकी दुई जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।

विद्यालय परिसरमा रहेको ५ सय लिटर क्षमताको सिमेन्टबाट बनाइएको ट्यांकीमा विषादी हालेको पाइएको प्रहरीले जनाएको छ । विद्यालय समय सुरु हुनु अघि विद्यार्थीले पानी पिएका थिए । त्यसपछि शिक्षकले पनि पिउने क्रममा केही गन्ध आएजस्तो लागेपछि ट्यांकीमा हेर्दा विषादी हालेको पाइएको बताइएको छ।

घटनाबारे अनुसन्धान भइरहेको र अपराधीको खोजी भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: