Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपाका कार्यकर्ताद्वारा बसमा आगजनी

काठमाडौं, साउन २९ ।

विप्लव नेतृत्वकाे नेकपाले आव्हान गरेको बन्दका क्रममा नेकपाका कार्यकर्ताले थाहा नगरपालिका–११ टिस्टुङमा मंगलबार बसमा आगजनी गरेको छन् । नेकपाले प्रवक्ता प्रकाण्डसहित नेता कार्यकर्तालाई रिहाइको माग राख्दै आज बन्दको आव्हान गरे हो ।

त्रिभुवन राजपथअन्तर्गत पालुङबाट काठमाडौंतर्फ जाँदै गरेको भन्सार छुटेको बसमा अज्ञात समूहले आगजनी गरेको थाहा नगरपालिका–११ का वडाध्यक्ष किरणमान बलले बताए । बसमा यात्रु नभएकाले मानवीय क्षति नभए पनि बसमा क्षति भएको छ ।

यस्तै बन्दको क्रममा एउटा सुमोमा पेट्रोल बम प्रहार भएको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको टाटासुमोमा मंगलबार बिहान पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: