अमेरिका-चीन व्यापार युद्ध: चिनियाँ प्रविधि प्रतिबन्धित गर्न ट्रम्पले ल्याए कानुन

वासिङ्गटन, साउन २९। चीन र अमेरिकाबीचको ट्रेडवार सतहमा देखिन थालेको छ।

हालै अमेरिकाले देशको सुरक्षा बढाउने भन्दै अमेरिकामा हुअवेइ र जेडटीइ जस्ता चिनियाँ कम्पनीहरूद्वारा निर्मित उपकरणहरूलाई प्रतिबन्धित गर्ने कानुन ल्याएको छ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार यस्ता उपकरणहरूमा प्रतिबन्ध लगाउने महत्वपूर्ण कानुन ‘डिफेन्स अथोराइजेसन एक्ट’मा हस्ताक्षर गरेर उक्त प्रकियालाई औपचारिकता प्रदान गरेका छन्।

प्राप्त समाचारहरू अनुसार उक्त कानुन आउँदो दुइ वर्षभित्र लागु भइसक्ने छ।  अमेरिकी सरकारको दबाबको बावजुद पनि त्यहाँका सरकारी कर्मचारी, ठेकेदारहरू र सरकारसँग मिलेर काम गर्ने अन्य निकायहरूले हुअवेइ र जेडटीइद्वारा निर्माण गरिएका उपकरण प्रयोग गर्न बन्द नगरेकाले सरकाले कानुन नै ल्याएर यसो गर्न खोजेको हो।

चिनियाँ कम्पनीहरूप्रति कडा रूपमा ट्रम्प प्रशासन

समाचारहरूमा जनाइए अनुसार अमेरिकी सरकारले चिनियाँ कम्पनीहरूले निर्माण गरेका उपकरणहरूले देशको महत्वपूर्ण सुचना चुहिने गरेको आशंका व्यक्त गरिरहेको छ।  यस कानुन अन्तर्गत चिनियाँ कम्पनीहरूले निर्माण गरेका उपकरण मात्र होइन स्पेयर पार्ट्सको प्रयोगमा समेत प्रतिबन्ध लगाइने छ।

यो कानुन लागु भइसकेपछि अमेरिकी सरकारी निकायहरूले ती एजेन्सीहरूका बिलहरू मात्र भुक्तानी गर्नेछन् जसले व्हिनियाँ कम्पनीका उपकरणहरूलाई प्रतिस्थापित गरेको होस्।

अमेरिकामा अधिकांश कम्पनीहरूले यी दुई कम्पनीका संचार उपकरण प्रयोग गर्ने गरेका छन्।  नयाँ कानुन आएपछि दुवै कम्पनीहरूका ग्राहकहरू उल्लेख्य रूपले घट्ने बताइएको छ।

पहिले पनि भइसकेको छ प्रतिबन्ध लगाउने प्रयास

यसअघि पनि अमेरिकी सिनेटले यी दुई कम्पनीहरूका उपकरण बन्द गर्न मतदान गरेको थियो। तर सरकारी निकायहरूले नमानेपछि कानुन नै पारित गरेर चिनियाँ उत्पादनहरूमाथि प्रतिबन्ध लगाउन खोजिएको हो।  तर यसको प्रत्यक्ष असर तत्काललाई भने अमेरिकी कम्पनीहरूमाथि नै पर्ने छ।  अमेरिकाका अधिकांश प्रविधि क्षेत्रका कम्पनीहरूले चीनमा निर्मित पुर्जा प्रयोग गर्दै आएका छन्।

अमेरिकी सरकारका अनुसार हुअवेइ र जेडटीइ देशको सुरक्षामा खतरा उत्पन्न गरिराखेका छन्।  सन् २०१२ मा अमेरिकी कांग्रेसले ११ महिनाको छानबिनपछि प्रकाशित गरेका नतिजाहरूमा यस्तो आशंका व्यक्त गरिएको थियो।

कमेन्ट गर्नुहोस्