Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुबिसुको पाँचाै‌ ‘सेल्स आउटलेट’ कलंकीमा

काठमाडाै‌ साउन २९ ।

नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेटले आफ्नो पाचौं सेल्स आउटलेट (सुबिसु स्टेशन) काठमान्डौंको कलंकीमा सञ्चालन गरेको छ । मंगलबार कम्पनीका सञ्चालक सुरेन्द्र बहादुर श्रेष्ठले सो स्टेशनको उद्घाटन गरेका छन् ।

यो स्टेशनबाट सुबिसुले कलंकी तथा आसपासका ग्राहकहरुलाई सुबिसुको सेवासँग सम्बन्धित सम्पूर्ण जानकारी प्रदान गर्ने सुबिसुले जनाएकाे छ ।  सो स्टेशनबाट सेवाको विक्रि तथा वितरण र सेवा लिएपछि ग्राहकलाई अावश्यक सहयोग प्रदान  गर्ने छ ।

याे स्टेशनको स्थापनासँगै काठमाडौं उपत्यकामा सुबिसुका पाँच वटा स्टेशन पुगेका छन् । ललितपुरको झम्सीखेल, काठमाण्डौंको रानीबारी, सुकेधारा, दिल्लीबजार र कलंकीमा स्टेशन रहेका छन् । सेवा बिस्तार र  ग्राहकहको आवश्यकताका आधारमा थप स्टेशन निर्माण गर्ने याेजना रहेकाे सुबिसुले जनाएको छ ।

एउटै तारबाट ग्राहकहरुलाई ईन्टरनेट र टिभि सेवा प्रदान गर्ने सुबिसु नेपालको पहिलो कम्पनी हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: