Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विद्युत प्राधिकरणको नाफा ४८ करोड घट्यो

काठमाडौं, साउन ३० । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक बर्ष (२०७४-७५ मा) ९८ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको छ । आन्तरिक लेखा परीक्षण हुन बाँकी रहे पनि हालसम्मको प्रारम्भिक आम्दानी र खर्चबाट यति नाफा देखिएको हो ।

यो रकम अघिल्लो आर्थिक बर्ष २०७३-७४ को भन्दा ४८ करोड कम हो । आयातित विद्युतको भाउ बढेको, बढ्दो खर्चकालगायतको कारणले खुद नाफा घटेको हो । कारोबारमा खबर छ । अघिल्लो आर्थिक बर्षमा पछिल्लो १७ बर्षयता नै पहिलोपटक प्राधिकरणले खुद नाफा १ अर्ब ४६ करोड गर्न सफल भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: