Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लोकसेवा आयोगको सम्पूर्ण पदपूर्ति ३ वर्ष रोकिने

काठमाडौं, साउन ३० । स्थानीय तह र प्रदेशमा कर्मचारी पूर्ति गर्न नसकिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लोकसेवा आयोगबाट हुने सबैखाले पदपूर्ति रोक्ने तयारीमा लागेको छ ।

तीन वर्षसम्म लोकसेवाबाट खुला र आन्तरिक पदपूर्ति रोक्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा मन्त्रालय लागेको छ । मन्त्रालयको तयारीमा कर्मचारी भने सशंकित भएका छन् ।पदपूर्ति रोकिँदा कर्मचारीको वृत्तिविकासमा गम्भीर असर पर्नुका साथै हरेक वर्ष निजामती सेवामा प्रवेश गर्ने युवाहरूका लागि अवसर बन्द हुने चिन्ता कर्मचारीको छ । नयाँ पत्रिकामा खबर छ ।

मंगलबार विभिन्न मन्त्रालयमा कार्यरत उपसचिव र अधिकृत तहका कर्मचारीले मन्त्री लालबाबु पण्डित र सचिव दिनेशकुमार थपलियालाई भेटेर सचेतसमेत गराएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: