Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अब ट्याक्सीले ठगे लाइसेन्स कब्जा

काठमाडौं, साउन ३० । उपत्यकामा ट्याक्सीको ठगी धन्दा बढेको फेला परेपछि प्रहरीले चालकको लाइसेन्स कब्जा अभियान थालेको छ। प्रहरी ‘अपरेसन’मा १० हजारमध्ये आठ हजार ट्याक्सी ठगीमा संलग्न भएको भेटिएको छ।

अनुसन्धानका क्रममा चक्रपथभित्र र बाहिर तोकिएको स्थानमा नजाने र मिटरमा जान नमान्ने भेटिएको छ। छड्के जाँचका लागि ट्राफिकले सादा पोसाकमा प्रहरी परिचालन गरेको थियो। कानुन पालना नगर्ने र मिटर जडान नगरेका भन्दा पनि मिटर जडान गरेका ट्याक्सीको ठगीलाई नियन्त्रण गर्न प्रहरीले कडाइ थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसएसपी वसन्त पन्तले जानकारी दिए।

मिटरबिना ट्याक्सी गुडेको पाइए तत्काल प्रहरीलाई खबर गर्नसमेत उनले अनुरोध गरे। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार वैशाखयता सात हजार ९ सय ७३ ट्याक्सी चालक कारबाहीमा परेका छन्। अन्नपूर्णमा खबर छ ।

सबै ट्याक्सीमा मिटर जडान गरिएको भए पनि प्रयोग नगरेको पाइएपछि यात्रु ठगी गर्ने दैनिक डेढ दर्जन ट्याक्सीलाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याउने गरेको छ। सरकारले भूकम्पपीडितका लागि वितरण गरेको एक हजार पाँच सय ट्याक्सी पीडितले दोस्रो व्यक्तिलाई बिक्री गरेपछि ती पनि उपत्यकामै सञ्चालित छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: