Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतमा २०० किलो सुन र ३५ सय किलो चाँदी बरामद

जयपुर, साउन ३० । राजस्थानको आयकर विभागको अनुसन्धान शाखाले सांगानेर एयरकार्गोमा मंगलबार दिउँसो २०० किलो सुन र ३५ सय किलो चाँदीका गहना बरामद गरेको छ । यी गहनाको मूल्य ७६ करोड रुपैयाँ भन्दा बढी रहेको बताइएको छ । जसमा करीब ६० करोडको सुन र १६ करोडको चाँदीको गहना रहेको बताइएको छ ।

विभागका अधिकारीहरुका अनुसार ती गहना कुनै प्रदर्शनीसँग सम्बन्धी छ र त्यो मुम्बईबाट जयपुर पुर्याइएको हो । विभागले अनुसन्धान गरिरहेको छ र गहना व्यापारीहरुले खाता र स्टक वैधानिक तरिकाले रेकर्ड राखे नराखेको । यदि रेकर्ड नमिलेमा कारबाही अगाडि बढाइने छ । गहना बरामदपछि गहना व्यापारी त्रसित भएका छन् ।

यी गहनासँग भारतका ६ जना व्यापारीको नाम जोडिएको छ । अबेर रातिसम्म भएको अनुसन्धानका क्रममा पाँच व्यापारीको नाम पत्ता लागेको अधिकारीहरुले बताएका छन् । अबेर रातिसम्म पाँच व्यापारीलाई सम्पर्क गरि आफ्ना कागजात पेश गर्न भनिएको छ।

आयकर विभागका अनुसार बापू नगरस्थित जिस ज्वैलरको नाममा ती गहना डिलीभरी भएको छ । उनको उत्पादन यी ठूलो मात्रामा छैन । यसले झनै शंका उत्पन्न गराएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: