Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बच्चाको लजालु स्वभाव, कतै व्यक्तित्व विकासमा बाधक त छैन?

केही बच्चाहरु स्वभावैले लजालु हुन्छन् । खास गरेर घरमा पाहुना आएको बेलामा बच्चा लजालु भए नभएको खुलासा हुने गर्छ । लजालु स्वभावका बच्चाहरु पाहुनाहरुसँग कुरा गर्ने क्रममा आत्तिने या सामान्य प्रश्नहरुको समेत उत्तर दिन नसक्ने हुन्छन् ।

बच्चाहरू बढी नै लजालु भए उनीहरूको सामाजीकरण बाधित हुने र सिकाइमा समेत नकारात्मक प्रभाव पर्ने सम्भावना रहन्छ।  कतिपय अवस्थामा बच्चाको यस्तो स्वभावका पछाडि प्रत्यक्ष या अप्रत्यक्ष रूपमा आमाबुवा नै जिम्मेवार रहने गरेका हन्छन्।  बच्चाहरूलाई अत्यधिक कडा अनुशासनमा राख्ने या बारम्बार उसको कमजोरी मात्र औँल्याइरहँदा बच्चाभित्र हीन भावना विकसित हुन सक्छ।

किन हुन्छन् बच्चाहरू लजालु?

  • बच्चामा सामाजीकरणको सीप कम भएमा
  • आमाबुवामध्ये एक जना पनि लजालु स्वभावकी भएमा
  • अमाबिवा या अन्य अभिभावकहरूले बच्चाहरूको आलोचना गर्ने गर्छन् भने
  • आमाबुवाले बच्चाहरूलाई पर्याप्त समय दिन नसकेको खण्डमा
  • यदि बच्चाले आफूभन्दा अरु बढी स्मार्ट छन् भन्ने ठानेको खण्डमा
  • अँध्यारो, कुकुरको भुकाइ आदि जस्ता कुरादेखि डराउने बच्चाहरू लजालु स्वभावका हुने गर्दछन्

लजालु स्वभाव हुनु आफैंमा कुनै गम्भीर समस्या त होइन तर यसले बच्चामा आत्मविश्वासको कमी हुने सम्भावना रहिरहन्छ।  यस समस्याबाट मुक्तिका लागि कुनै विशेष प्रयास गरिराख्नु पर्दैन।  आमाबुवाले आफ्नो दिनचर्यामा सामान्य बदलाव ल्याएर बच्चाहरूको अत्यधिक लजाउने बानी कम गर्न सक्छन्। भारतीय पेरेंटिंग एक्सपर्ट डा. विनय मिश्राले यस सम्बन्धि आठवटा व्यवहारिक सुझाव दिएका छन्.…

१. पृष्ठ पोषण दिने

बच्चाले तपाईंसँग आफ्ना कुरा राख्न खोजेको बेला उसको कुरा राम्रोसँग सुन्ने र बुझ्ने गर्नु पर्दछ।  यसले गर्दा बच्चामा आफूमा सम्प्रेषणको सीप रहेको आत्मविश्वास विकसित हुन्छ र उसले बोल्दा संकोच मान्दैन।

२. विश्वास दिलाउनुस्

बच्चालाई उसमा कुनै पनि प्रकारको कमी नरहेको कुरामा आश्वस्त पार्नु पर्दछ।  यदि कुनै बच्चा अरूभन्दा होचो, मोटो या कालो हुनुको अर्थ ऊ अरूभन्दा कमसल होइन भन्ने कुरामा उसलाई विश्वास दिलाउनु पर्दछ।

३. बच्चालाई उसको लजालु स्वभावबारे सम्झाइराख्ने गर्नु हुन्न

कतिपय आमाबुवाले बच्चाहरूलाई उनीहरू लजालु भएको भन्दै झनै लज्जित पार्ने गर्दछन्।  यसो गरेमा उनीहरूले आफ्नो नकारात्मक मूल्यांकन गर्ने गर्दछन्।  यसले उनीहरूको आत्मविश्वासमा कमी आउने गर्दछ र लजालुपन घट्नुका साटो बढ्ने गर्दछ।

४. संवाद गर्ने

यस्ता बच्चाहरूलाई कुरा गर्ने अभ्यास समेत गराउनु पर्दछ।  जसरी घरमा नयाँ मान्छे आएमा सुरुमा नमस्ते गर्न लगाउने र बिस्तारै कुरा गर्न समेत लगाउने गर्नु पर्दछ।

५.शिक्षकसँग कुरा गर्ने

बच्चाको प्रकृतिबारे सँग पनि कुरा राख्ने र सो अनुरुप कक्षा कोठामा व्यवहार गरिदिन अनुरोश गर्नु पर्दछ।  कतिपय बच्चाहरूलाई शिक्षकहरूले कक्षाकोठामा नबोलेकै कारण अपमानित गरिदिने गर्दछन्।  यसो जुन्दा त्यस्ता बच्चाहरूमा हीन-भावना विकास हुन सक्छ।  शिक्षकहरूले पनि यस्ता बच्चाहरूलाई विशेष ध्यान दिनु पर्ने हुन्छ।

६. अभ्यास गराउने

कतै कुनै विशेष आयोजनमा जानुपूर्व बच्चालाई त्यस ठाउँमा कसरी बोल्ने कसरी कुरा गर्नेबारे पूर्व अभ्यास गराउनु पर्दछ।  यसो गर्ने क्रममा बच्चालाई ठुलालाई नमस्ते गर्ने र आफ्ना साथीहरूसँग हात मिलाउन सिकाउन सकिन्छ।  त्यस्तै कसरि जन्मदिनको शुभकामना दिने र कसरी उपहार दिने जस्ता कुराहरूको पूर्वाभ्यास गराउन सकिन्छ।

७. नतर्साउनु होस

धेरै आमाबुवाले आफ्ना लजालु स्वभावका बच्चाहरूलाई विभिन्न माध्यमले तर्साउने गर्दछन्।   उनीहरूले बच्चाहरूलाई राम्ररी नबोले पिट्ने या अन्य प्रकारका दण्ड दिने धम्की समेत दिने गर्दछन्।  तर यस्तो व्यवहारले बच्चा झनै काँतर बन्ने सम्भावना रहन्छ।

८. आफ्नो उदाहरण दिने

कतिपय आमाबुवा पनि  बाल्यकालमा लजालु स्वभावका हुन सक्छन्। त्यस्तोमा आफूले कसरी यस्तो समस्याबाट मुक्ति पाएको भन्नेबारे अनुभव साटासाट गर्नु पर्दछ।  उनीहरूलाई आफुले कसरी त्यस समस्याबाट मुक्ति पाउन सक्नु भयो भन्ने उदाहरण दिंदा बच्चाले त्यसबाट प्रत्यक्ष प्रमाण प्राप्त गर्न सक्छ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: