Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

७२ औं स्वतन्त्रता दिवसमा लाल किल्लाबाट मोदीले गरे २ ठूला घोषणा

नयाँदिल्ली, साउन ३० । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले सेनामा महिलाहरुले पनि पुरुषसरह समान अधिकार पाउने घोषणा गरेका छन् । साथै उनले सन २०२२ सम्ममा स्वतन्त्रताको ७५ वर्षगाँठका अवसरमा मानवसहित गगनयान अन्तरिक्षमा जाने बताए ।

भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदीले बुधबार लाल किल्लामा ८२ मिनेट लामो भाषण गर्दैदुईवटा ठूला घोषणा गरेका हुन । साथै शर्ट सर्विस कमिशनमा पनि अब महिलाले स्थायी रुपमा नियुक्ती पाउने बताए । यसअघि सो आयोगमा पुरुषलाई मात्रै सुविधा उपलब्ध थियो ।

सम्बोधनका क्रममा मोदीले भने, ‘मेरो सौभाग्य हो आज यो पावन अवसरमा मलाई देशका लागि एउटा अर्काे खुशीको खबर घोषणा गर्ने अवसर मिल्यो । ७५ औं स्वतन्त्रता दिवसका अवसरमा यानी सन २०२२ मा सम्भव भएसम्म त्यहाँ भन्दा पहिला भारत अन्तरिक्षमा तिरंगा लगेर जाने छ ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: