Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रचण्डसँग सबै तहमा आफूहरुलाई समावेश गर्न थारु अगुवाको माग

काठमाडौं, साउन ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का थारु अगुवाहरुले अध्यक्ष प्रचण्डसँग पार्टीका सबै तहमा आफ्नो समूदायको प्रतिनिधित्व गराउन माग गरेका छन् ।

पार्टीका उच्च तह, सरकार, समितिका सभापति, राजनीतिक नियुक्ति, राजदुतलगायत सबै ठाउँमा समावेश गर्न माग गरेका छन । नेकपा निकट थारु राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारु सघं विचको एकीकरण प्रक्रिया अगाडी बढीरहेको सन्दर्भमा अध्यक्ष प्रचण्ड सङ्ग भेट गरेका छन ।

भेटको क्रममा प्रचण्डले कार्यदल र सचिवालय बैठकमा यो विषयमा छलफल गरि टुंगोमा पुर्याउने बताएको पूर्वमन्त्री सन्तकुमार थारुले बताए ।

भेटघाटमा कृषि तथा पशुपन्क्षी बिकास राज्यमन्त्री रामकुमारी चौधरी, पूर्वमन्त्री सन्तकुमार थारु, सांसद मेटमणि चौधरी, राष्ट्रिय सभा सदस्य हरिबहादुर चौधरी, पूर्व सभासद सन्तोष थारु लगायतका नेताहरुको सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: