अमेरिकामा क्याथोलिक चर्चका पादरीहरूद्वारा हजारौं बालबालिकाकाे यौन शोषण, वासिंगटनका अार्कबिसप समेत शंकाकाे घेरामा

वासिंगटन, साउन ३०। अमेरिकाको पेनसिल्भेनिया राज्यको सर्वोच्च न्यायालयले एक हजारभन्दा बढी बालबालिकाको यौन शोषण गरेको आरोपमा रोमन क्याथोलिक चर्चका पादरीहरूलाई दोषी ठहर गरेको छ।

क्याथोलिक चर्चहरूमा यौन शोषणसँग सम्बन्धित ‘ग्राण्ड ज्युरी’ले जारी गरेको रिपोर्टमा ३ सयभन्दा बढी पादरीहरूको नाम उल्लेख भएको छ। ‘ज्युरी’ले गरेको छानबिनमा पछिल्लो ७० वर्षमा राज्यका ६ केन्द्रहरूमा पदारीहरूद्वारा एक हजारभन्दा बढी बालबालिकाहरूको शोषण भएको जनाइएको छ।

छानबिनमा संलग्न अधिकारीहरूका अनुसार चर्चहरूले पादरीहरूको उक्त अपराधलाई ढाकछोप गर्न चाहेका थिए। बिबिसीका अनुसार संसारभरका क्याथोलिक चर्चहरूमा हुने गरेको यौन शोषणसँग जोडिएको यो नै सबैभन्दा ताजा रिपोर्ट हो।

मंगलबार जारी गरिएको उक्त रिपोर्ट ‘ज्युरी’ले १८ महिना लगाएर गरेको छानबिनबाट आएको हो। छानबिनमा संलग्न अधिकारीहरूका अनुसार चर्चसँग रहेको विवरण अनुसार एक हजारभन्दा बढी बालबालिकाहरूको पहिचान गरिइसकेको र वास्तविक संख्या हजारौंको हुन सक्छ ।

रिपोर्ट अनुसार पादरीहरूले युवा, किशोर, किशोरीहरूको शोषण गरेको र चर्चका प्रमुखहरूले दोषीहरूलाई हर हालतमा बचाउन चाहेका थिए।

छानबिन जारी छ ।

‘ज्युरी’का अनुसार अपराध लुकाउन खोजेकाले अधिकतर चलाउन सकिन्छ। अधिकारीहरूका अनुसार छानबिनबाट यस्ता अझै धेरै मामिलाहरू सामुन्ने आउन सक्छन्।

रिपोर्टमा सयौं पादरीहरूको नाम संलग्न रहेको छ तर यी मध्ये धेरैको नाम गोप्य रखिएको छ ताकि उनीहरूको संवैधानिक अधिकारहरूको हनन नहोस।

राज्यका महान्यायाधिवक्ता जोस सापिरो भन्छन्, “चर्चका अधिकारीहरू शोषणलाई खेल, कुस्ती र अनुचित व्यवहार बताउने गर्दछन्। तर यो तीमध्ये केही पनि होइन। यो बालबालिकाको यौन शोषण हो। यसमा बलात्कार समेत पर्दछ।”

रिपोर्टमा वासिंगटनका आर्कबिसप डोनल्ड वर्लको भूमिकाको समेत आलोचना गरिएको छ। उनले एउटा विज्ञप्ति जारी गरेर आफ्नो बचाव समेत गरेका छन्।

पेन्सिलभेनियामा सन् २०१६ मा उक्त ज्युरी गठन गरिएको थियो। यसले दर्जनौं मानिसहरूको बयान लिएको थियो र ५ लाखभन्दा बढी अन्तरिक दस्तावेजहरूको परिक्षण गरिएको थियो। कयौं पीडितहरूले उनीहरूलाई लागु-औषधि सेवन गराइएको र फकाइएको बताएका छन्।

पेन्सिलभेनिया राज्यमा ३ लाखभन्दा बढी रोमन क्याथोलिकहरू बस्दछन्।

बिबिसी

कमेन्ट गर्नुहोस्