सीपीएलः सन्दिपको टिमलाई १७९ रनको विजयी लक्ष्य [LIVE]

काठमाडौं, साउन ३१ । वेस्टइन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली युवा खेलाडी सन्दिप लामिछाने आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सले १७९ रनको विजयी लक्ष्य पाएको छ । टस जितेर पहिलो फिल्डीङ रोजेको सन्दिपको टोलीले निर्धारित २० ओभरको खेलमा ४ विकेटको क्षतीमा १७९ रनको विजयी लक्ष्य पाएको हो ।

खेल आन्द्रे रसलको कप्तानीमा रहेको जमैका तलवाससँग खेल भइरहेको छ । जमैकाका लागि केनर लुइसले ४९, ग्लेन फिलीप्सले ४१, रोभम्यान पावेलले १८, रोस टेलरले ५१ र कप्तान आन्द्रे रसलले १० रन बनाए ।

खेलको लाइभ स्कोर हेर्न यहाँ क्लिक गर्नस्

प्याट्रियोट्सका लागि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले २, बेन कटिङ र कार्लोशले समान १ १ विकेट लिन सफल भए ।  आज पनि नेपाली युवा खेलाडी सन्दिपको शानदार प्रदर्शन रह्यो । उनले आफ्नो दोस्रो ओभरमा महत्वपूर्ण २ विकेट लिए ।

यो पनि पढ्नुहोस्- सीपीएलः सन्दिपले लगे एकै ओभरमा २ विकेट ! [LIVE]

उनले आफ्नो टिमका लागि पहिलो विकेटका रुपमा केनर लुइसलाई आउट गरे । बिस्फोटिङ ब्याटिङ गरिरहेका उनलाई सन्दिपले ४९ रनमा आउट गरेका थिए । यस्तै, उनले दोस्रो ओभरमा नै आन्द्रेलाई शून्य रनमा पवेलियन फर्काए ।

दोस्रो ओभरमा नै २ विकेट लिएका हुन् । सन्दिपले आफ्नो पहिलो ओभरमा १० रन खर्च गरेका गरेका थिए । तेस्रो ओभरमा मात्र एक रन दिए । भने, अन्तिम ओभरमा ३ रन दिए । सन्दिपको टिमले टस जितेर पहिलो फिल्डीङ रोजेको हो । प्याट्रियोट्सको यो तेस्रो खेल हो । उसले यसअघि एक खेल हारेको छ भने एक खेल जितेको छ ।

कमेन्ट गर्नुहोस्