सीपीएलमा सन्दीपले यसरी लिए २ विकेट [भिडियोसहित]

काठमाडौं, साउन ३१ । वेस्टइन्डिजमा भइरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली युवा खेलाडी सन्दिप लामिछाने आवद्ध सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट् आज पराजित भएको छ । टिम पराजित भए पनि सन्दिपको प्रदर्शन भने आज शानदार रह्यो । उनले आज पनि २ विकेट लिए ।

उनले यी दुवै विकेट आफ्नो दोस्रो ओभरमा लिएका हुन् । उनले आफ्नो टिमका लागि पहिलो विकेटका रुपमा केनर लुइसलाई आउट गरे । बिस्फोटिङ ब्याटिङ गरिरहेका उनलाई सन्दिपले ४९ रनमा आउट गरेका थिए । यस्तै, उनले दोस्रो ओभरमा नै आन्द्रेलाई शून्य रनमा पवेलियन फर्काए ।

आन्द्रे रसलको कप्तानीमा रहेको जमैका तलवाससँग सन्दिप आवद्ध टिम आज ४७ रनले पराजित भएको हो ।
नेपाली समय अनुसार आज विहान ४ः४५ मा शुरु भएको खेलमा सन्दिपको टिम प्याट्रियोट्सले टस जितेको थियो । पहिलो फिल्डीङ गरेको उसले ४ विकेटको क्षतीमा १७९ रनको विजयी लक्ष्य पाएको थियो ।

उनी नवौं ब्याट्सम्यानका रुपमा ब्याटिङ गर्न मैदान उत्रिएका हुन् । आज उनको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सले खराब पदर्शन गर्यो । उसले १०० रन नपुगाउँदै ८ विकेट गुमाएको थियो । टस जितेर पहिलो फिल्डीङ रोजेको सन्दिपको टिमले १७९ रनको विजयी लक्ष्य पाएको थियो ।

खेल आन्द्रे रसलको कप्तानीमा रहेको जमैका तलवाससँग खेल भइरहेको छ । जमैकाका लागि केनर लुइसले ४९, ग्लेन फिलीप्सले ४१, रोभम्यान पावेलले १८, रोस टेलरले ५१ र कप्तान आन्द्रे रसलले १० रन बनाए ।

प्याट्रियोट्सका लागि नेपाली लेग स्पिनर सन्दिप लामिछानेले २, बेन कटिङ र कार्लोशले समान १-१ विकेट लिन सफल भए । आज पनि नेपाली युवा खेलाडी सन्दिपको शानदार प्रदर्शन रह्यो । उनले आफ्नो दोस्रो ओभरमा महत्वपूर्ण २ विकेट लिए । उनले आफ्नो टिमका लागि पहिलो विकेटका रुपमा केनर लुइसलाई आउट गरे । बिस्फोटिङ ब्याटिङ गरिरहेका उनलाई सन्दिपले ४९ रनमा आउट गरेका थिए । यस्तै, उनले दोस्रो ओभरमा नै आन्द्रेलाई शून्य रनमा पवेलियन फर्काए ।

दोस्रो ओभरमा नै २ विकेट लिएका हुन् । सन्दिपले आफ्नो पहिलो ओभरमा १० रन खर्च गरेका गरेका थिए । तेस्रो ओभरमा मात्र एक रन दिए । भने, अन्तिम ओभरमा ३ रन दिए ।
अहिले जवाफी ब्याटिङमा सन्दिप आवद्ध टिमले खराब शुरुवात गरेको छ ।

कप्तान क्रीश गेलले आज पनि लामो पारी खेल्न सकेनन् । उनले ३ चौका र एक छक्का प्रहार गर्दै मात्र २४ रन बनाएर आउट भए । उनलाई थोमसले क्याच आउट गराएका हुन् । चौथो विकेटका रुपमा एन्टोन डेभिस आउट भएका छन् । उनी ११ रन बनाउँदै आउट भए । उनलाई आन्द्रे रसलले क्टाच आउट गराएका हुन् ।

यस्तै, इभन लुएस शून्य रनमा नै पवेलियन फर्किदा टोम कोपर ७ रन बनाएर आउट भए । चौथो विकेटका रुपमा एन्टोन डेभिस आउट भएका छन् । उनी ११ रन बनाउँदै आउट भए । उनलाई आन्द्रे रसलले क्टाच आउट गराएका हुन् ।

पाँचौ विकेटका रुपमा विकेट किपर थोमस आउट भएका छन् । उनी १० रन बनाउँदै आउट भएका हुन् । छैठौं विकेटका रुपमा बेन कटिङ आउट भए । उनले २ रन बनाए । सातौं विकेटको रुपमा महुमम्द अल्लाह आउट भएका छन् । उनी २२ रन बनाएर पवेलियन फर्किएका हुन् ।

यस्तै, आठौं विकेटका रुपमा कार्लोश आउट भए । उनले टिमका लागि १० रनको योगदान दिए । नवौ विकेटका रुपमा सेल्डोन आउट भए । उनी १८ रनमा आउट भए । यस्तै, सन्दिप २ र लोओसीस ११ रनमा नटआउट रहे ।

प्याट्रियोट्सको यो तेस्रो खेल हो । उसले तीनमध्ये एक खेल मात्र जितेको छ । बलिङमा जमैका तलवासका लागि आडम, क्रिसमर र इमदले समान २-२ विकेट लिए । उसले यसअघि एक खेल हारेको छ भने एक खेल जितेको छ ।

कमेन्ट गर्नुहोस्