Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सामूहिक बलात्कारमा संग्लनमध्ये एकजना पक्राउ

उदयपुर, साउन ३१ । जिल्लाको त्रियुगा नगरपालिका-२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्रियुगा नगरपालिका-१२ डिएमगेटका २६ वर्षीय विकास परियार र सोही नगरपालिका-६ कोलालपता बस्ने केशवलगायत अन्य व्यक्ति उक्त घटनामा संलग्न रहेका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले बताए ।

उनका अनुसार सोमबार साँझ चौदण्डीको हटियातर्फ अटो रिक्सामा आफन्तकोमा जाँदै गरेकी किशोरीको पछि लागेर अभियुक्तद्वयले हँडियाको जङ्गलमा किशोरीलाई बलात्कार गरेका र फेरि पनि उनीहरूले ललाइफकाई किशोरीलाई घर ल्याइदिने भन्दै सोही राति अटोरिक्सामा गाईघाटस्थित त्रियुगा बसपार्कको एक होटलमा ल्याएर अन्य युवकसहित मिलेर पुनः सामूहिक बलात्कार गरेका थिए । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: