Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सामाजिक न्यायका लागि दर्नाल अवार्ड कार्यक्रम सम्पन्न

काठमाडौं । सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ बुधबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा लागि बैतडीकी अभियन्ता सरस्वती नेपालीलाई प्रदान गरियो । उनलाई प्रमाणपत्र र ५ लाख रूपैयाँको राशिका साथ सम्मान गरिएको हो ।

सरस्वती नेपालीसँगै सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अन्य पाँच अभियन्ता डडेल्धुराकी कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखकी पार्वतीकुमारी विशुन्के, बर्दियाका दिलिप गन्धर्व र बाजुराका डा.रूपचन्द्र विश्वकर्मालाई कदरपत्रद्वारा सम्मानित गरियो ।

‘सामाजिक न्यायका लागि दर्नाल अवार्ड’ अन्तर्राष्ट्रिय द्विवार्षिक पुरस्कार हो । जागरण मिडिया सेन्टर, समता फाउण्डेशन र सरिता परियार ट्रष्टको आयोजनामा दर्नाल अवार्ड सम्पन्न भएको हो ।

अभियन्ता सुभाष दर्नालकी आमा सरिता दर्नाल र समाजसेवी इन्दिरा रानामगरको हातबाट पाँच लाख राशीको पुरस्कार ग्रहण गरेपछि सरस्वतीले भनिन्, ‘यो पुरस्कार र सम्मानले मलाई दलित आन्दोलन र सामाजिक न्यायमा लाग्न थप प्रेरणा मिलेको छ ।’ उनले नेपाली समाजमा हुने दलितमाथिको आर्थिक, सांस्कृतिक र लैंगिक र राजनीतिक विभेद अन्त गर्न राज्य संयन्त्रलाई प्रभावकारी र विभेद रहित बनाइनुपर्ने बताइन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: