चलचित्र ‘सुर्यास्त’को छायांकन सकियो, किशोर र अप्सराको यस्तो छ रोमान्स

काठमाडौं । नेपाली चलचित्र ‘सुर्यास्त’ को आइटम गीतको छायांकन गर्दै चलचित्रको छायांकन सकिएको छ ।

आइटम गीतको लागी राजधानीको गोङ्गबुमा रहेको एक रोधीघरमा आइटम गीतको छायांकन गरिएको हो । आइटम गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफी गरेका छन् । आइटम गीतमा नृत्य गरिरहेकी अप्सरा रार्इ पहिलो पटक आइटम डान्स गरेकोले केही गाह्रो भएपनि रमाइलो भइरहेको बताइन् ।

राज बस्न्यातको निर्माण निर्देशन रहेको यो चलचित्र ‘सुर्यास्त’मा किशोर खतिवडा, प्रज्वल गिरी, अप्सरा रार्इ, पनाह अधिकारी, रितेश श्रेष्ठ, काजी रम्तेल लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘सुर्यास्त’को गीतमा विकाश चौधरी र जनम रार्इको संगीत रहेको छ । चलचित्रको कथा–पटकथा पनाह अधिकारीले लेखेकी हुन् । चलचित्र मंसिरमा रिलिज गरिने निर्माण पक्षले बताएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: