Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

न्याय देउ सरकार !

कुरा उवेलाको हो
म सानै थिए ।
सम्झदा समयको
ठ्याक्कै याद भएन
तर, म बाबाको काखमा बसेर
आमालाई हेरिरहेको थिए ।

मणिकुमार श्रेष्ठ ‘सिजन’

ठिक त्यति नै वेला दिदीले
चित्कार गरिन
पल्लाघरे दाईले दिदिलाई
चिमोटेछ ।
समय घर्कदै गयो
तर मलाई समयले पर्खिएन
आज फेरी दिदिले
चित्कार गरिन
वल्लाघरे दाईले
निमठ्न खोजेछ ।

खै के समय आयो
जहाँ दिदी बहिनीले
माइतीबाट इज्जत लुटिन्छ
भनेर डर मान्नु पर्ने भयो
हिजोको सम्बन्धहरु तोडिन थाले
साईनोहरु फेरिन थाले
मर्यादाहरु लुटिन थाले
खै के के हुन थाल्यो
यो देशमा
जता ततै हिम्साले
राज गर्न थाल्यो ।

सरकार निरीह किन ?
यहाँ बलत्कारीलाई जेल हालिन्छ
ज्यानमारालाई जेल हालिन्छ
तस्करलाई जेल हालिन्छ
देश द्रोहीलाई जेल हालिन्छ
यसरी त कसरी समाधान हुन्छ र
सरकार ?

समय हिजोका जस्तो छैन् यहाँ
सबैका मनहरु परिवर्तन भएका छन्
त्यसैले त
ज्यामारालाई श्रम कैद गर
तस्करलाई सुधार गृह पठाउ
देश द्रोहीलाई राष्ट्रियताको
पाठ सिकाउ
बलत्कारीलाई फाँसी देउ
अन्यायमा परेकालाई
न्याय देउ सरकार ।

साल्पसिलिछो, भोजपुर

कमेन्ट गर्नुहोस्

%d bloggers like this: