Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सपन श्रेष्ठलाई पेस्कोको आर्थिक सहयोग

इटहरी । कला भएर पनि आफ्नो गायन कलालाई अघि बढाउन नसकेको नवप्रतिभा सपना श्रेष्ठलाई पेस्को मेकअप स्टुडियो इटहरीले आर्थिक सहयोग गरेको छ ।

पछिल्लो समय उनको गीत रेकर्ड तथा भिडियो निर्माणको लागि केही आर्थिक अभाव भइरहेको थियो । करिब १ महिना अघिबाट युट्युबमा एक अन्तर्वार्ता सार्बजनिक भएपछि उनको गायन कलाले चर्चा पाएको थियो ।

पेस्को सञ्चालिका मनिता तामाङले सपनको गायन कला युट्युबमा देखेपछि ५ हजार आर्थिक सहयोग गरेकी हुन् ।

विगत २७ वर्षदेखि ईटहरीमा मनिताको मम्मीले रुप कला ब्युटी पार्लर संचालन गर्दै आईरहेकी छिन् । आफ्नो मम्मीको पेशालाई आत्मसात गर्दै पछिल्लो समय बढ्दै गएको आधुनिकीकरणलाई ख्याल गरेर मनिताले केही महिनामात्र अत्याधुनिक स्टुडियोसहित पेस्को संचालनमा ल्याएकी हुन् ।

सपनाले युट्युबमा धेरैको माया पाएका छन् भने उनलाई हौसला दिनेहरु पनि दिन प्रतिदिन बढिरहेका छन् । सपनाको ‘सुरमै जादु छ! बोलको पहिलो गीतको ट्र्याक गायक कमल खत्रीले उपलब्ध गराइसकेका छन् ।

हाल सपना सोही गीत रेकर्डिङको लागि तयारी गरिरहेका छन् । भिडियोको लागि द मोन्टाज क्रीयशन काठमाडौका पवन सुस्लिङले छायांकन र सम्पादनको जिम्मा सपना सुरुमा मिडियामा आउने साथ लिएका थिए ।

यता भिडियोमा मोडलिङको लागि ‘रातो लिबिस्टिक’, ‘महसुस’ लगायत थुप्रै भिडियो खेलेर चर्चामा आएका शुभम शाहले सपनलाई सहयोग स्वरुप बिना पारिश्रमिक अभिनय गर्ने पक्का भएको छ भने केटी मोडल भने फिक्स हुन बाकी नै रहेको छ ।

गीत रेकर्डदेखि भिडियो निर्माणसम्मको ब्यवस्था मिलाउन सुरुदेखि जुटेका डिग्री अनलाइनका सुवास संकल्पले ‘अब केही रकम अपुग छ, सो रकम उठिसकेपछि काठमाडौ गीत रेकर्डका लागि जाने र रेकर्ड पछि लगत्तै भिडियो छायांकन पनि गरेर फर्किने’ जानकारी गराए ।

हेर्नुस् सपन श्रेष्ठको पहिलो अन्तरबार्ता–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: