काबुल, साउन ३१ । अफगानिस्तानको मेवोद एजुकेशनल एकेडमीमा बुधवार साँझ आत्मघाती हमला हुँदा ३८ जनाको विद्यार्थीको मृत्यु भएको छ । साथै घटनामा परि ६७ घाइते भएका छन् ।
मृत्यु हुनेमा विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थी रहेको बताइएको छ । अफगानिस्तानको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार मृत्यु हुनेमा अधिकांश युवायुवती रहेका छन् । विष्फोटका कारण कतिपय कक्षाका छतसमेत खसेका छन् ।
अफगानी सञ्चारमाध्यमका अनुसार, यो एकेडमी काबुल पीडी–१८ को दश्त–ए–बार्ची क्षेत्रमा रहेको छ ।
उता तालिबानी प्रवक्ता जबिउल्लाह मुजाहिदले विष्फोटमा आफूहरुको हात नरहेको दाबी गरेका छन् । र अहिलेसम्म घटनाको कुनैपनि आतंककारी संगठनले जिम्मेवारी लिएका छैनन् ।
विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थी
आक्रमणको समयमा एकेडमीमा करीब सय जना विद्यार्थी रहेका थिए । उनीहरु सबै विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी गरिहेका थिए । एकडेमीमा छात्र र छात्रा दुबै परीक्षाको तयारी गरिरहेका थिए ।
त्यहाँको शिया क्लर्कियल काउन्सिलका सदस्य जवद घवरीले आर्कषणका लागि इस्लामिक स्टेट अफ इराक र लेवेन्ट (आइएसआइएल, जसलाई आइएसआइएस पनि भनिन्छ) घटनामा यसको हात रहेको बताए ।
यो संगठन मस्जिद, स्कूल र सांस्कृतिक कार्यक्रममा विष्फोट गराइसकेको छ । घवरीका अनुसार गएको दुई वर्षमा काबुलका शिया समुदायमाथि मात्रै १३ वटा आक्रमण भइसकेका छन् ।