Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आगलागीमा बालिकाको मृत्यु

पाँचथर, साउन ३१ । पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ । छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन् । आज घरमा आगलागी हुँदा अविनारायण राईको छोरी सुमिता राईको आगोले जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

आमा कमला छोरीलाई घरभित्र सुताएर घाँस काट्न गएकी र श्रीमान् पनि अलैँची बगानमा काम गर्न गएका थिए । घरमा आगो लागेको देखेर घर फर्किंदा छोरी आगोले जलिरहेको अवस्थामा देखेपछि बचाउने क्रममा आमा पनि घाइते भएको पाँचथर प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर अवस्थामा भएकी ३५ वर्षीया कमलाको पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

घर एकान्तमा रहेकाले स्थानीयवासीलाई घटनास्थल पुग्न समय लागेकाले पनि तत्काल आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले बताएका छन् । दुईतले घर आगलागीबाट नष्ट हुँदा मानवीय क्षतिसँगै रु सात लाख ६५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: