स्मृति गौतमको तीजको कोसेली ‘नाचौं घुमिघुमी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, साउन ३१ । हिन्दु नारीहरुको महान पर्व तीजको अवसर पारी गायिका स्मृति गौतम र गायक अमृत खातीको संयुक्त प्रस्तुतिमा ‘नाचौं घुमिघुमी’ बोलको तीज यतिबेला सागेतिक बजारमा सार्वजनिक भएको छ ।

अमृत खाती र स्मृती गौतमको स्वर रहेको गीतमा जीवन अर्यालको शब्द सृजना एवम् गायक स्वयम् को लय सृजना रहेको छ । प्रकाश खड्काको छयाङकन र मिलन बिकको सम्पादन रहेको उक्त म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन।

गीतमा अनु शाह र सन्जिब ठकुरीको अभिनय रहेको छ। हाइलाइट्स नेपालको युटुभ च्यानलमार्फत सार्बजनिक गरिएको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमै निकै लोकप्रिय बनिसकेको छ ।
हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्