Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रेस युनियन कैलालीद्वारा संचारमन्त्रीलाई ज्ञापन

धनगढी, साउन ३१ । पत्रपत्रिका वर्गिकरणमा प्रेस काउन्सिलले अपारदर्शी निर्णय गरेको भन्दै नेपाल प्रेस युनियन कैलालीले विहीबार प्रमुख जिल्ला अधिकारीमार्फत् सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । युनियनले निर्णय सच्याउन आग्रह गर्दै प्रक्रियागत निर्णय नभए आन्दोलनमा जाने चेतावनिी दिएको हो ।

‘एकलौटी रुपमा सुचना, सञ्चार तथा प्रबिधि मन्त्रालयमा बुझाइ सार्वजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा हामीले लिएका छौ । पत्रपत्रिका बर्गिकरण पछि दिईने सेवा सुबिधा बितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सीलको बोर्ड सदस्यहरुलाई यो पूर्वाग्रहले भरिएको नतिजा खारेज गरि पुनरावलोकन गर्न नेपाल प्रेस युनियन जोडदार माग गर्दछ,’ युनियन कैलालीका जिल्ला सभापति टेकराज जोशी द्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘प्रेस काउन्सील नेपालले २०७५ साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको बर्गिकरणको नतिजाप्रति देशभरका पत्रकार र पत्रिका संचालकहरुमा ब्यापक असन्तुष्टी पाइएको छ । यसप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

यसैगरी भदौ १ गते देखि ल्याउन लागेको प्रेसविरोधि कानुनले स्वतन्त्र पत्रकारीता माथि अंकुश लगाउने कार्य भएकोले उक्त ऐन तत्काल परिवर्तन गरी स्वतन्त्र प्रेशको सम्मान गर्न युनियनले जोडदार माग गरेको छ । अन्यथा नेपाल प्रश युनियन चरणवद्ध आन्दोलनमा उत्रन वाध्य हुने विज्ञप्तीमा चेतावनी दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै कैलालीका प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठले नेपाल प्रेस युनियनले प्रदान गरेको ज्ञापनपत्र तुरुन्त सुचना प्रविधि मन्त्रालयमा पठाउने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: