Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रेमिटान्सले अर्थतन्त्रमा ठूलो टेवा पुगेको छ : अध्यक्ष केसी

दोहा, साउन ३१ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वैदेशिक रोजगारमा रहेका नेपालीले पठाएको रेमिटान्सले अर्थतन्त्रमा ठूलो टेवा पुगेको बताएका छन ।

कतार नेपाली एकता समाजको समाजको पाँचौं राष्ट्रिय सम्मेलनको लागि कतार आइपुगेका केसीले बुधबार कार्यकर्तासंग कुराकानी गर्दै भने बिदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्सले घर परिवारको समस्या मात्र टरेको छैन यसले देशको अर्थतन्त्रमा पनि ठुलो टेवा पुगेको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले विभिन्न कार्यक्रमको सिलसिलामा धेरै देशको भ्रमणमा गएको भए पनि वैदेशिक रोजगारीको क्रममा ठुलो संख्यामा नेपाली कार्यरत रहेको कतारमा पहिलो पटक आएर प्रत्यक्ष भेटघाट गर्न पाउँदा खुसीलागेको बताए ।

केसीले खाडी देशमा कार्यरत नेपालीले दैनिक कठोर मजदुरी गरेर नै आफ्नो जिबिकोपार्जनसंगै भिन्न सामाजिक कार्यमा सक्रिय रहेको भन्दै प्रसंशा गरे ।

नेपालमा संघीयताको निरन्तर बिरोध गर्दै आएका सादगी जिवन यापन गर्ने केसीले बैचारिक संगठ्नले बिदेशमा रहेका नेपालीलाई आफ्नो कार्य ब्यस्तताको बाबजुद पनि देशमा के भइरहेको छ भनी समसामयिक विषयमा जानकारी राखि चेतनाको स्तरलाइ माथी उठाउने काम गरेको बताए ।

नेता कार्यकर्ताको उल्लेखनीय सहभागीता रहेको कार्यक्रममा कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनले धन्यवाद ब्यक्त गरेका थिए भने महासचिब खेम बुढा संचालन गरेका थिए ।

कतार नेपाली एकता समाजको समाजको पाचौ राष्ट्रिय सम्मेलन इद अल अधाको दिन शालीमार रेस्टुरेन्ट नज्मा, दोहामा हुन लागेको र आवश्यक तयारी पूरा भएको समाजले बताएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: