Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मन्त्री महासेठको सत्तापक्षकै सांसदले गरे आलोचना

काठमाडौं, भदौं १ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग सत्तापक्षका सांसद्हरुले समेत मन्त्री र मन्त्रालयको कामकारवाहीबारे स्पष्टीकरण माग गरेका छन् ।

उनीहरूले प्रतिपक्षी दलहरूले जस्तै मन्त्री महासेठको आलोचना गरेका हुन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबार सिंहदरवारमा बसेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद्हरुले सरकारको ढिलासुस्ती र हेलचेक्रयाँइको विषयमा उनीसँग प्रश्न गरेका थिए ।

सांसद्हरुले विभिन्न ठाउँमा बिग्रिएका सडक, अलपत्र भएका निर्माण कार्य, टेण्डर लगायतका विषय प्रश्न उठाएको उक्त समितिका सभापति जिपछिरिङ लामाले जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: