Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

१८ पटक ग्रामी अवार्ड विजयी गायिका अरिथाकाे निधन

न्यूयोर्क, भदौ १ । गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ ।

पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई “क्वीन अफ सौल (आत्माकी रानी)” को उपनामले पनि चिनिन्छ । शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो ।

उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: