Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपाको विद्यार्थी संगठनको नाम अनेरास्ववियू र केन्द्रीय समिति ४९९ सदस्यीय हुने

काठमाडौं, भदौ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीबीचको एकता अन्तिम चरणमा पुगेको छ । कार्यदलले एकीकृत संगठनको नाम र केन्द्रीय समितिमा रहेन सदस्य संख्यामा सहमति जुटाएको हो ।

तत्कालीन नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी एकताका लागि गठित कार्यदलको शुक्रबार बसेको बैठकले एकीकृत संगठनको नाम र केन्द्रीय समितिको टुंगो लगाएको हो ।

कार्यदलमा भएको सहमतिसँगै अब नेकपाको विद्यार्थी संगठनको नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) हुने भएको छ भने केन्द्रीय समिति ४९९ सदस्यीय हुने भएको छ । केन्द्रीय समितिमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने छन् ।

नेकपाले विद्यार्थी संगठनको एकताका लागि रविन्द्र अधिकारी, रमेश मल्ल, नविना लामा र रञ्जित तामाङ सदस्य रहेको चार सदस्य कार्यदल गठन गरेको थियो । कार्यदलका एक सदस्यका अनुसार नेतृत्वका बारेमा भने टुंगो लागि सकेको छैन । छलफल जारी छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: