Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अब प्रदेशमा समूहगत रुपमा कर्मचारी खटाइने

काठमाडौं, भदौ २ । केन्द्र सरकरले प्रदेशमा समूहगत रुपमै कर्मचारी खटाउने तयारी गरेको छ । केन्द्रले व्यक्ति, व्यक्तिको दरबन्दी तोकेर कर्मचारी पठाइरहेकोमा अहिले आएर समूहगत रुपमा प्रदेश सरकारलाई कर्मचारी पठाउने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

केन्द्रले प्रदेशमा एकमुष्ट कर्मचारी पठाएपछि मात्र प्रदेश मातहतका कार्यालयमा खटाउने जिम्मेवारी प्रदेश सरकारलाई दिएको हो । प्रदेशमा सचिवस्तरको कर्मचारी खटाउने अधिकार भने केन्द्र आफैले नै राखेको छ । प्रदेश सरकारमा केन्द्रका सहसचिव नै सचिव हुने प्रावधान छ ।

प्रदेश मातहत दरबन्दी सिर्जना गरिएका राजपत्राकिंत दोस्रो श्रेणी उपसचिव र उपसचिवभन्दा मुनिका कर्मचारी अब एकमुष्ठ रुपमा प्रदेश सरकारलाई पठाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: