Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बालिकालाई हस्तमैथुन गराउने प्रधानाध्यापक थुनामा

पर्वत, भदौ २ । आफैँले अध्यापन गराउने बालिकामाथि अप्राकृति मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका-६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो ।

थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । फलेवास नगरपालिका-६ मा रहेको माझीगाउँ प्राविमा अध्ययनरत सातदेखि बाह्र वर्ष उमेरका तीन बालिका र अर्को एक विद्यालयमा अध्ययनरत सोही उमेर समूहकी अर्की बालिकालाई पटक-पटक फकाएर अप्राकृतिक मैथुन गराएको अभियोगमा साउन ६ गते उनलाई पक्राउ गरिएको थियो

प्रअ पौडेलले करीब एक वर्षअघिदेखि आफ्नो यौनाङ्ग खेलाउन लगाउने र आफूले पनि बालबालिकाको यौनाङ्ग खेलाइदिने गरेको पीडित बालबालिकाले आफ्ना अभिभावकलाई बताएका थिए । अभिभावकले प्रअ पौडेललाई कालोमोसो र जुत्ताको माला लगाउनुका साथै फलेबासस्थित प्रहरी चौकीमा बुझाएका थिए । -रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: